समाचारशुक्रबार, जेठ ३, २०७०
बसको ठक्करबाट बालकको मृत्यु, राजमार्ग अवरुद्ध
३ जेठ विहान साढे ९ बजे पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ७९० नम्बरको पर्यटक बसले ठक्कर दिंदा जामुने ३ निर्मलवस्तीका ३ बर्षका बालक सुरज रानाभाटको मृत्यु भएको छ । घटनालगत्तै मृतकका आफन्तले क्षतिपूर्तिको माग गर्दै पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन् ।
प्रहरीले राजमार्ग खुलाउन पहल जारी राखे पनि मृतकका आफन्तले बस व्यवसायीले क्षतिपूर्तिका लागि घटनास्थलमै आएर प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।
पवन पौडेल, तनहुँ
