समाचारशुक्रबार, जेठ ३, २०७०
अभियुक्तलाई उम्मेदवार नबनाऊः साना दल
निर्वाचन ऐनसम्बन्धी छलफलका क्रममा ३ जेठमा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका मालेका सीपी मैनाली, जनमोर्चाका चित्रबहादुर केसी, नेकपा संयुक्तका गणेश शाह, समाजवादी प्रजातान्त्रिक जनता पार्टीका प्रेमबहादुर सिंहले फौजदारी अभियोग लागेका र अन्य विषयमा पनि अदालतमा मुद्दा चलिरहेकाहरुलाई संविधान सभा निर्वाचनमा उम्मेदवार बन्नमा रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै नेताहरुले आगामी संविधान सभा सदस्यको संख्या सक्दो कम गर्नुपर्ने, विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने ब्यवस्था मिलाउनुपर्ने, निर्वाचन क्षेत्र निर्धाण गर्दा जनसंख्याका साथै भुगोल र भाषालाई पनि आधार बनाउनु पर्ने बताएका थिए ।
