समाचारशुक्रबार, जेठ ३, २०७०

नेकपा–माओवादीद्वारा विद्यालय कब्जा

हिमालखबर

नेकपा–माओवादीले संखुवासभाको सूर्य बोर्डिङ स्कुलका सञ्चालक नारायण श्रेष्ठ अमेरिकामा बसोवास गर्दै आएको र विद्यालयबाट मुनाफा गरी पैसा अमेरिका लगेको भन्दै ३ जेठमा विद्यालय कब्जा गरेको घोषणा गरेको छ ।

उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको शुल्क घटाउने, शिक्षकहरुको तलब सुविधा बृद्धि गर्ने र मुनाफा शैक्षिक क्षेत्रमै लगानि गर्नु पर्ने माओवादीका जिल्ला सेक्रेटरी आरपी किराँती बताए । माओवादी संखुवासभाद्वारा जारी विज्ञप्तिमा पार्टी सुदृढीकरण, जनपरिचालन र केन्द्र तथा जिल्लाले तय गरेका योजना कार्यन्यनका लागि १ महिने अभियान अन्तर्गत विद्यालय कब्जा गरेको उल्लेख छ ।

विज्ञप्तीमा जिल्लाका भ्रष्ट कर्मचारी, घुसखोर र समयमा काम सम्पन्न नगर्नेलाई ‘जनकारवाही’ समेत गर्न सक्ने उल्लेख छ ।

त्यसैगरी मतदाता नामावली संकलन गर्ने उद्देश्यले सञ्चालन गरिएको घुम्ती शिविरको कार्यक्रमलाई जिल्लामा बन्द गरिने पनि विज्ञप्तिमा भनिएको छ ।
छेटु शेर्पा, सङ्खुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>