समाचारशनिबार, जेठ ४, २०७०

एमाले नेतृ अर्याल एमाओवादीमा प्रवेश

हिमालखबर

एमाओवादी केन्द्रीय कार्यालय कोटेश्वरमा ४ जेठ विहान आयोजित एक कार्यक्रममा एमाले नेतृ उर्मिला अर्याल र फिल्म अभिनेत्री रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् ।

अध्यक्ष पुष्षकमल दाहाललले अर्याल र थापासहितका नवप्रवेशीलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरे ।

अर्याल एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघमा नेतृत्व चयन प्रक्रियाबाट असन्तुष्ट थिइन् । बुटवल महाधिवेशनबाट एमाले पोलिट्ब्यूरो सदस्य निर्वाचित अर्याल झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्री थिइन् ।

०४८ सालमा एमाले प्रवेश गरेकी उनी सांसद्, मन्त्री र पार्टीको पनि महत्त्वपूर्ण जिम्मेवारीमा थिइन् ।

रेखा थापा पनि एमाओवादीमा

अभिनेत्री रेखा थापा संविधानसभा निर्वाचनपछि एमाओवादीसँग नजिक थिइन् । माधवकुमार नेपाल सरकारविरुद्ध एमाओवादीले गरेको आमहड्तालमा अध्यक्ष पुष्पकमल दाहालसँगै नाचेकी रेखाले वाइसिएल  नेता चन्द्र बहादुर थापासँग तीहारको टिका लगाउँछिन् ।

बाबुराम भट्टराई सरकारका बेला चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने थापाको प्रयास असफल भए पनि अन्ततः उनी एमाओवादीमा प्रवेश गरेकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>