थप समाचारशनिबार, जेठ ४, २०७०

‘थ्रेसहोल्ड’ बाट पछि हटिंदैनः कोइराला

हिमालखबर

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी ऐन संशोधनमा डेढ प्रतिशत ‘थ्रेसहोल्ड’ को प्रस्ताव एमाओवादी र मधेशवादी लगायत साना दलहरुले त्यसको विरोध गरिरहेको बेला नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले ‘थ्रेस होल्ड’ अनिवार्य राख्नु पर्ने बताएका छन् ।

४ जेठमा पोखरामा भएको कार्यक्रममा सभापति कोइरालाले विश्वका अन्य मुलुकहरुमा समेत थ्रेसहोल्ड को नियम भएको भन्दै कांग्रेस आफ्नो अडानबाट पछि नहट्ने बताए । उनले संविधान सभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्न खसेको कुल मतसंख्याको एक प्रतिशत मत ल्याउनुपर्नेेमा जोड दिए ।

“शंका नगरौ, चुनाव हुन्छ हुन्छ,” कोइरालाले भने, “चुनावमा प्रजातन्त्रवादीको विजय सुनिश्चित छ ।” प्रजातन्त्रको प्राण चुनाव भएकोले यसलाई प्रभावित पार्ने गरी कुनै पनि गतिविधि नगर्न उनले सबैलाई आग्रह गरे । उनले भने, “प्रजातन्त्रसँग निहुँ खोज्नेहरु अन्त्य भएको इतिहास छ ।”

निर्वाचनलाई प्रभाव पार्ने गरी तत्कालिन भट्टराई सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नुपर्ने कांग्रेसको अडान रहेको पनि उनले सुनाए ।

कोइरालाले आफू नचाहँदा पनि अख्तियार प्रमुखमा लोकमान सिंह कार्की नियुक्त भएको दाबी गर्दै थपे, “ग्राण्ड डिजाइन अनुसार नै नियुक्त भएको हो ।”

३ जेठ साँझ भएको चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकमा नेपाली कांग्रेस र एमालेले भट्टराई सरकारले गरेका नियुक्तिको खारेजी र थ्रेसहोल्डका पक्षमा अडान राखेपछि बैठक बिना निष्कर्ष टुंगिएको थियो ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>