समाचारशनिबार, जेठ ४, २०७०
सिन्डिकेटले मुलुक गम्भीर मोडमाः वैद्य
४ जेठ बिहान बैतडीको पाटनमा सेतीमहाकाली राज्य समितिको कार्यक्रममा माओवादी अध्यक्ष मोहन वैद्यले मुलुकको राष्ट्रिय स्वाधीनताको रक्षाका लागि आन्दोलनमा होमीन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
वैद्यले चार दलीय सिन्डीकेट तोड्न आफ्नो गठवन्धन वलियो र विस्तार हुँदै गएको दाबी गर्दै चार दललाई घुँडा टेक्न बाध्य पार्नेसमेत बताए । रेग्मी नेतृत्वको सरकारलाई रिमोट कन्ट्रोलबाट संचालित भएको आरोप लगाउँदै वैद्यले निर्दलीय सरकारले गरेका हरेक गतिविधिहरुमा वाह्य शक्ति हावी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
दुई दिने कार्यक्रमपछि अध्यक्ष बैद्य आजै चमेलिया जलविद्युत आयोजनाबारे वुझ्न दार्चुला गएका छन् ।
नेकपा माओवादीले वर्तमान सरकार र संविधानसभको आगामी निर्वाचनको विरोध गर्दै आएको छ ।
