समाचारशनिबार, जेठ ४, २०७०

कोइरालाले भने, ‘चारदलीय सिन्डीकेट तोड्नुपर्छ’

हिमालखबर

कांग्रेस सहित चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिलाई चार दलको सिन्डिकेट भन्दै विरोध भइरहेका बेला कोइरालाले चार दलीय सिन्डिकेट तोड्नु पर्ने धारणा ब्यक्त गरेका छन् ।

४ जेठमा पोखरामा आयोजित दयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा सभापति कोइरालाले उच्चस्तरीय समितिमाका विषयमा अन्य दलको आपत्ति आइरहेकाले सबै दललाई समेटेर सिन्डीकेट तोड्नुपर्ने बताएका हुन् ।

उनले नेकपा–माओवादी सहित ३३ दललाई सहमतिमा ल्याएउन आफुले छुट्टै वार्ता गरिरहेको र नेकपा–माओवादी चुनावको विपक्षमा नरहेको दावी गरे ।

कोइरालाले चार दलबीच आगामी संविधानसभा सदस्य सिटसंख्या प्रत्यक्षतर्फ २ सय ४० मात्रै राख्ने, थ्रेसहोल्ड १ प्रतिशत राख्ने सहमति भएको भन्दै अहिले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले सहमति विपरित भनाई राखिरहेको भन्दै आपत्ति प्रकट गरे ।

कार्यक्रममा प्रजातन्त्र सेनानी स्व.दयाशङकर पालिखेको स्मृतिमा स्थापित दयाशंकर स्मृति पत्रकारिता पुरस्कार–२०६९ सुनौलो पब्लिकेशन प्रालि पोखराका अध्यक्ष गंगाधर पराजुलीलाई प्रदान गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>