समाचारशनिबार, जेठ ४, २०७०
चुरे संरक्षणका विषयमा राष्ट्रपतिको चासो
चुरे संरक्षणका विषयमा ४ जेठमा राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा चुरे क्षेत्र संकटमा रहेको भन्दै राष्ट्रपति रामवरण यादवले कार्यक्रमलाई सफल बनाउन सम्बन्धित निकायका अधिकारीहरुलाई आग्रह गरेका छन् ।
छलफलमा अर्थमन्त्री शङकरप्रसाद कोइरालासहित, सचिवहरु, चुरे संरक्षण अभियान अन्र्तगतका अधिकारी र राष्ट्रपतिका सल्लाहकारहरुको सहभागिता थियो ।
छलफलमा बन मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले चुरे क्षेत्र संरक्षणका विषयमा भएको प्रगतिप्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
