समाचारशनिबार, जेठ ४, २०७०
सरकारसँग वार्ता नगर्ने आन्दोलनरत दलको निर्णय
४ जेठमा काठमाडौंमा बसेको आन्दोलनरत दलहरुको बैठकले अहिले वातावरण बनिनसकेको निष्कर्ष निकाल्दै अहिलेकै अवस्थामा सरकारसँग वार्ता नगर्ने निर्णय गरेको छ ।
वार्ताका लागि यसअघि सारेको तीन बुंदे सर्त पूरा हुनुपर्ने विषयमा अडान कायम राखेको नेकपा–माओवादीका पोलिटब्युरो सदस्य हरिभक्त कँडेलले जानकारी दिए ।
यसअघि नेकपा माओवादीले २७ बैशाखमा विज्ञप्ति जारी गर्दै १ चैतको २५ बुँदे बाधा अडकाउ फुकाउ आदेश खारेज गर्ने, नागरिकता विधेयक खारेज गर्नु पर्ने र अख्तियार प्रमुखको नियुक्ती बदर गरेपछि मात्रै सरकारसँग वार्ता गर्न सकिने जनाएको थियो ।
कँडेलका अनुसार बैठकले मोर्चालाई बलियो बनाउँदै मची महाकाली अभियानलाई सफल बनाउने विषयमा पनि निर्णय गरेको छ ।
