समाचारशनिबार, जेठ ४, २०७०
एकल पहिचानले देश समाप्त हुनेः गौतम
नेकपा एमाले बर्दिया काठमाडौँ सम्पर्क मञ्चले ४ जेठमा काठमाडौंमा आयोजना गरेको नबौं सम्मलेनलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समाप्त पारेर जित्न चाहनेहरू एकल पहिचानसहितको जातीय सङ्घीयता चाहेको बताएका छन् ।
एकल जातीय पहिचानले मुलुकलाई विभाजन गराई अन्ततः देशको अस्तित्वनै समाप्त हुने दाबी गरे ।
कार्यक्रममा एमाले नेता गोविन्द ज्ञवाली र गोविन्द बन्दीले एमाले फुटेर नभई जुटेर संविधानसभा निर्वाचनमा लाग्नुपर्ने बताएका थिए ।
रासस
