समाचारआइतबार, जेठ ५, २०७०
शिक्षक परीक्षाको तयारीमा ब्यस्त भएपछि
जिल्लाका सामुदायिक विद्यालयका शिक्षकहरु शिक्षक सेवा आयोगले लिने परीक्षाको तयारीमा ब्यस्त भएपछि अर्घाखाँचीका विद्यालयहरु ५ देखि १० जेठसम्म बन्द रहने नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष यादव घिमिरेले बताएका छन् ।
जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीमा बसेको शिक्षकहरुको बैठकले बर्खे विदाबाट कट्टा हुने गरी ६ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षक सेवा आयोगको परीक्षा ९ देखि ११ जेठमा हुदैछ ।
यसैबीच वाल अधिकार र शिक्षा क्षेत्रमा काम गर्ने अधिकारकर्मी र अभिभावकहरुले विद्यालय वन्द गरिने निर्णय प्रति असन्तुष्टि जनाएका छन ।
प्रेमनारायण आचार्य, अर्घाखाची
