समाचारआइतबार, जेठ ५, २०७०
घुम्ती शिविरमा माओवादीको आक्रमण
५ जेठमा दुई दिनका लागि गर्न लागिएको शिविरमा सयौंको संख्यामा पुगेका नेकपा माओवादीका कार्यकर्ताले कार्यक्रमलाई बिथोलेका छन् ।
अमर उच्च मावि उरहरीमा टरीगाँउ, फुलबारी, गोल्टाकुरी र उरहरी गाविसका गरी ४ गाविसको सेवा एकै स्थानबाट दिने क्रममा आधा दर्जन बसमा गएका माओवादी कार्यकताले आक्रमण गरेका हुन् ।
उनीहरुले ढुङा प्रहार गर्दै कार्यक्रमस्थलमा पुगेर घुम्ती शिविरमा प्रयोग गरिएका कागज, ब्यानर च्यातेको शिविरमा खटिएका एक कर्मचारीले बताए । अवरोध हटाउने क्रममा केहीबेर स्थिति तनावग्रस्त बनेको थियो ।
ढुंगा प्रहारबाट एकजना प्रहरी घाइते भएका छन् ।
