थप समाचारआइतबार, जेठ ५, २०७०
नेपाल–भारत सेनाको संयुक्त टोलीद्वारा सगरमाथा आरोहण
नेपाली सेनाका तर्फबाट सेनानी समीर बस्नेत, सह–सेनानी किशोर अधिकारी, गण प्रवन्ध हुद्धा ज्ञानेन्द्र लाउडारी र अमल्दार धिरेन्द्र शाही छन् भने भारतीय सेनाका तर्फबाट मेजर आरएस जमवाल, सुवेदार मिङ्गमार गुरुङ्ग, हवल्दार सुधिर सिंह, हवल्दार चतुर सिंह र लान्स नायक सुकविर रहेको नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आरोहण तथा सरसफाई अभियानको टोलीले एकमहिनादेखि सगरमाथा आधार शिविर र त्यसभन्दा माथिबाट ठुलो परिमाणको फोहरमैला पनि संकलन गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

