थप समाचारआइतबार, जेठ ५, २०७०
बस भीरबाट खस्दा दुईको मृत्यु, २७ घाईते
तनहुँको जरेबरबाट दुलेगौंडातर्फ फर्कंदै गरेको ध १ ख ३३९ नम्बरको यात्रुबाहक बस मालेवगर नजिक सडकबाट ३० मिटर तल खसेपछि बसमा सवार राईपुर–१ की ३२ बर्षीया मीना महत र भानुमति–२ का १६ महिने बालक शनि थापाको मृत्यु भएको छ ।
मालेवगरबाट अघि बढ्दै गर्दा अचानक बस भिरबाट तल खसेको प्रहरीले जनाएको छ ।
र्दुघटनाका घाईतेहरुमध्ये गम्भीर अवस्थाका ७ जनाको पोखराको मणिपाल तथा अन्य सबैको सेतीगंगा सामुदायिक अस्पताल बेलचौतारामा उपचार भैरहेको छ ।
बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
पवन पौडेल, तनहुँ
