समाचारसोमबार, जेठ ६, २०७०

एमाओवादीका कारण मिति तोक्न ढिलाईः ओली

हिमालखबर

६ जेठमा पाँचथर सदरमुकाम फिदिममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता केपी ओलीले अदालतले दोषि ठहर्‍याएका ब्यक्तिहरु उम्मेदवार हुन नपाए निर्वाचन हुन नसक्ने भन्दै एमाओवादीले बखेडा झिकेकाले निर्वाचनको मिति तोक्नमा ढिलाई भएको बताएका छन् ।

ओलीले एमाओवादीलाई राजनीतिक दलको आवरणमा रहेर अपराधिक गतिबिधिलाई संरक्षण गरिरहेको आरोप लगाउँदै अगाडि भने, “त्यहाँ अपराधीहरुको भीड छ र एमाओवादी उनीहरुलाई निर्वाचनमा उम्मेदवार बनाउन चाहन्छ ।”

उनले अघिल्लो संविधान सभाको निर्वाचन डर र आतंकको छायामा सम्पन्न भएकोले त्यस्तो संविधानसभाले संविधान जारी गर्न नसकेको पनि दाबी गरे । उनले थपे, “वास्तवमा त्यो निर्वाचन नै थिएन ।”

एमालेका केही नेताहरु एमाओवादीमा प्रवेश गरेको तर्फ संकेत गर्दै ओलीले एमाले भित्र सडेगलेर कुहिने अवस्थामा पुगेकाहरुले अर्को पार्टीलाई पनि कुहाउने बताए ।

उनले एमाओवादीलाई ‘भ्रष्ट र अपराधी’हरुको दल एवम् नेपाली कांग्रेसलाई ‘बुढो र थोत्रो’ भन्दै आगामी निर्वाचनमा एमाले नै पहिलो दल हुने दाबी गरेका थिए ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>