थप समाचारसोमबार, जेठ ६, २०७०
डेढ लाख भारतीय नक्कली नोटसहित तीन पक्राउ
६ जेठमा प्रहरी निरीक्षक खर्गनारायण साहको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जको नयाँबसपार्कबाट घण्टाघर तर्फ जाँदै गरेको अवस्थामा खानतलासी तीन ब्यक्तिबाट भारतीय नक्कली नोट बरामद गरेको छ ।
पक्राउ पर्नेमा झापा, कुमरखोद वस्ने ३२ वर्षीय असराफुल शेख, भारत किसनगंजका ३५ वर्षीय करण गिरी र ४५ वर्षिय मोहम्मद जहरुद्दिन छन् ।
बरामद नक्कली रुपैयाँ सहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसंधानका लागि जिल्ला प्रहरी कार्यलयको जिम्मा लगाईएको अञ्चल प्रहरी कार्यालय नारायणीले जानकारी दिएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
