समाचारमंगलबार, जेठ ७, २०७०

सदभावना अध्यक्ष महतो अनसनमा

हिमालखबर

निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग गठन, नागरिकता वितरण निर्देशिकामा परिमार्जन, शान्ति सुरक्षालगायतका विभिन्न माग राख्दै आन्दोलनमा रहेको सद्भावना पार्टी र सरकारबीच पटक पटक भएको वार्ता सहमतिमा नपुगेपछि अध्यक्ष महतो ७ जेठ दिउँसो दुई बजेदेखि रत्नपार्कस्थित शान्तिबाटिकामा अनशनमा बसेका छन् ।

७ जेठमा सरकारसँग भएको वार्तामा कुनै सहमति नभएलगत्तै महतोले आमरण अनशन बस्ने घोषणा गरेका हुन् ।

सरकार आफू एक्लैले संविधानसभा चुनावको मिति घोषणा गर्न सक्ने अवस्थामा नरहेको बताएपछि वार्ता सहमतिमा पुग्न नसकेको अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।

सद्भावना पार्टीले आफ्ना माग पूरा गराउनका लागि कार्यकर्ताहरूलाई विभिन्न जिल्लामा अनसनसमेत बसाएको थियो । तर सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै ५ जेठमा अनशन तोडिएको थियो ।

७ जेठमा महतोले जारी गरेको विज्ञप्तिमा सरकार तत्काल निर्वाचनको मिति घोषणा वा घोषणाको निश्चित अवधिसमेत तोक्ने पक्षमा नरहेकोले मंसीरमा निर्वाचन हुनेमा ठूलो आशंका रहेको बताएका छन् ।

संविधानसभाको निर्वाचन र संघीयतासहितको संविधान निर्माणका विरुद्ध षडयन्त्र भइरहेको भन्दै उक्त षडयन्त्रको विरोधमा आफू अनशन बस्न लागेको महतोले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>