समाचारमंगलबार, जेठ ७, २०७०

दलहरुबीच सहमति नहुँदा मिति तोक्न ढिलाईः मन्त्री श्रेष्ठ

हिमालखबर

युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्र सङ्घीय बालकोषद्वारा ७ जेठमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रामकुमार श्रेष्ठले, थ्रेस होल्ड कति राख्ने, संविधानसभाको सङ्ख्या कति बनाउने, संविधानसभाको निर्वाचनका लागि उम्मेदवारका योग्यता कसरी निर्धारण गर्ने जस्ता विषयमा दलहरूबीच सहमति भएपछि मात्रै सरकारले निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

मन्त्री श्रेष्ठले निर्वाचनका आधारस्तम्भका रुपमा रहेका यी महत्वपूर्ण विषयमा सहमतिमा पुग्न दलहरूलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका सचिव हरि नेपालले युवा नीति कार्यान्वयन भइराखेको जानकारी दिँदै शिक्षालाई रोजगारमुखि बनाउन सबैले ध्यान दिनु आवश्यक रहेकोमा जोड दिए भने युनिसेफका नेपाल प्रमुख हना सिंगरले शिक्षालाई रोजगारीसँग जोड्न आवश्यक रहेको चर्चा गर्दै युवाका आफ्ना कार्यक्रम केन्द्रित गर्न सरकारलाई सुझाव दिएकी थिइन् ।

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदारभक्त माथेमाले युवावर्गलाई सीप विकासमा आधारित शिक्षा प्रदान गर्न आवश्यक रहेको हुँदा सीपमूलक शिक्षाबाट मात्र बेरोजगारी अवस्था अन्त्य हुनसक्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>