समाचारमंगलबार, जेठ ७, २०७०

नवलपरासीमा अवरुद्ध राजमार्ग सुचारु

हिमालखबर

नवलपरासीको लोकाहा खोलामा आएको बाढीले बगाएको डाइभर्सन । गएको असोजमा पुल भाँचिएपछि डाइभर्सन बनाइएको थियो । अहिले अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु भइसकेको छ । तस्बीर: विद्रोही गिरी, नवलपरासी

५ जेठदेखि परेको पानीले नवलपरासीको लोकाहा खोलाको डाइभर्सन बगाएपछि डाइभर्सन भन्दा करिब चार सय मिटर तलबाट एउटा डाइभर्सन र अर्को भत्केको डाइभर्सन पुन निर्माण गरेर राजमार्गमा सवारी सुचारु गरिएको छ ।

७ जेठ बिहानै डाइभर्सन बगाएपछि पुर्वपश्चिम राजमार्गमा सवारी साधन सञ्चालन भएका थिएनन् । खोला वारी र पारीका सवारी साधनले पैदलबाट खोला तर्नेहरुलाई नारायणगढ – बुटवल लगेका थिए । अहिले डाइभर्सनबाट एकतर्फी मात्र सवारी साधन सञ्चालन गरिएकोमा ८ जेठ दिउँसोदेखि दुबै तर्फबाट सवारी साधन सञ्चालन हुने गरी डाइभर्सन तयार हुने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए ।

बाढीले बगाएर ल्याएका झ्याङ्ग र ढुंगाले ह्युमपाइपमा बुजो लागी डाइभर्सन भत्केको थियो । पक्की पुल जेठ भित्र सम्पन्न नभए बर्षामा दुख पाउने भएकाले जेठ भित्रै मर्मत सम्पन्न गर्न स्थानीयले माग गरेका छन् ।

डाइभर्सनको भर परे बर्षामा सास्ती मात्र वेहोर्न पर्ने स्थानीय दिपक शर्माले बताए ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>