समाचारमंगलबार, जेठ ७, २०७०
सडकबाटै संविधान लेख्ने वैद्यको चेतावनी
स्वर्गीय कृष्ण सेन ‘ईच्छुकको’ स्मृतिमा निर्मित नाटक ‘उनी मरेका छैनन्’को काठमाडौंमा प्रदर्शनीको शुभारम्भ गर्दै नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यले २५ बुँदे बाधा–अड्काउ फुकाउ खारेज नभएसम्म देशले निकास पाउन नसक्ने बताएका छन् ।
“गोलमेचसभा गरी दलहरूबीचबाटै नयाँ प्रधानमन्त्री चयन गरेर, विगतका कमी कमजोरी सच्याउँदै नयाँ संविधान लेख्ने प्रक्रिया अगाडि बढाउनुपर्छ, ” वैद्यले भने ।
अध्यक्ष वैद्यलेले २००७ सालको क्रान्तिदेखि नेपाली जनतालाई पटक–पटक धोका दिइएको उल्लेख गर्दै फेरि पनि नेपाली जनतालाई धोका दिने षड्यन्त्र भइरहेको दाबी गरे ।
उनले नेपाली जनतालाई फेरि धोका दिइए त्यो आफूहरूलाई सह्य नहुने बताउँदै त्यसो गरिए सडकबाटै नयाँ संविधान बनाउँने र नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने चेतावनी समेत दिएका थिए ।
