थप समाचारबुधबार, जेठ ८, २०७०

पहिरोमा परी अमेरिकी पर्यटकको मृत्यु

हिमालखबर

अमेरिकी नागरिक ५४ बर्षीया एलिजाबेथको सङ्खुवासभाको हटिया–५ सिम्बुङमा पहिरोमा परी मृत्यु भएकोे प्रहरीले जनाएको छ । उनीसँगै रहेका पर्यटक गाईड देविप्रसाद ओझा घाइते भएका छन् ।

पहिरोमा परी गम्भीर घाइते भएकी एलिजावेथलाई उपचारका लागि काठमाडौ लैजााने क्रममा ७ जेठ बाटोमै मृत्यु भएको हो ।

१७ जनाको अमेरिकी बिद्यार्थी टोलीसँगै भ्रमणका लागि आएकी एलिजावेथ हटिया, किमाथाङका भ्रमणपछि फर्कने क्रममा पहिरोमा परेकी थिइन् । बाँकी १५ जना भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालयका सई श्याम राउतले जानकारी दिएका छन् ।

हिमपहिरोमा पुरिएका चिनियाँ पर्यटक अझै बेपक्ता

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा १५ बैशाख बिहान ११ः५ बजेदेखि बेपत्ता भएका चिनियाँ पर्यटक अझै फेला पर्न सकेका छैनन् ।

११ बैशाखमा मकालु हिमाल आरोहणका लागि गएका राहदानी नं.९४७२३०७८३ भएका सागं याङ लियु १५ बैशाखमा फर्कने क्रममा मकालु हिमालको आधाशिविरबाटै बेपत्ता भएका थिए । मकालु निवासी मिङतेम्बा शेर्पाले गाइड गरेको १२ जनाको आरोहण टोलीमध्ये चीनियाँ नागरिक मात्रै बेपत्ता भएका थिए भने बाँकी ११ जना भने सकुसल फर्केका थिए ।

बेपक्ता पर्यटकको खोजी कार्य भइरहे पनि हालसम्म फेला नपरेको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

छेटु शेर्पा, संखुवासभा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>