समाचारबुधबार, जेठ ८, २०७०

पूर्व सभासद् हकको शवयात्रा, बन्द जारी

हिमालखबर

तस्बीर: श्रवणकुमार देव

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षणपछि आज दिउँसो सप्तरी सदरमुकाम राजविराजसहित विभिन्न ठाउँमा पूर्व सभासद सदरुल हकको शवयात्रा गरिएको हो ।

शवयात्रामा हत्या गरिएका पूर्व सभासद् हकका हजारौं समर्थकको सहभागिता थियो ।

राजविराजपछि मलेठ, रायपुर, शम्भुनाथ, मोहनपुर गाविस हुँदै शवलाई उनकै घर रहेको कल्याणपुर–२ पुर्‍याइएको छ । शवयात्रा सम्पन्न भएपनि हत्यारा पत्ता नलागेसम्म अथवा गृहमन्त्री आएर प्रतिबद्धता नजनाएसम्म अन्तिम संस्कार नगरिने उनका समर्थकहरूले बताएका छन् ।

हत्याको विरोधमा ७ जेठ विहानदेखि गरिएको सप्तरी बन्द कायमै छ भने राजमार्ग पनि बन्द हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन् ।

पूर्व सभासद् हकको ६ जेठ राति कल्याणपुर–२ स्थित उनकै पेट्रोल पम्पमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>