समाचारबुधबार, जेठ ८, २०७०

युएईका राजकुमार सगरमाथा शिखरमा

हिमालखबर

आफू राजकुमार भएको सार्वजनिक नगरेरै सुटुक्क सगरमाथा तिर हानिएका युएइका राजकुमार ३१ वर्षे शेख मोहम्मद अब्दुल्ला मोहदल थाने ८ जेठ विहान ९:५९ मा सगरमाथाको चुचुरोमा पुगेको आरोहणको ब्यवस्था मिलाउने ट्रेकिङ एजेन्सीले जनाएको छ ।

नेपालमा शिक्षाको विकासका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले उनको टोलीले सगरमाथाको आरोहण गरेको हो । २४ सदस्यीय टोलीका साथ सगरमाथा आरोहण शुरु गरेका उनको टोलीका १५ जना सदस्यहरुले ४ जेठमै सगरमाथा आरोहण गरिसकेका छन् ।

उक्त टोलीकी सदस्य साउदी अरबकी युवती मोहराक राह हसनले सगरमाथा आरोहणपछि आफूहरुले शिक्षा क्षेत्रको विकासका लागि १० लाख डलर संकलन गर्ने वताएपछि उक्त कार्यक्रमको आयोजना गरेको ‘रिच आउट एसिया’ (रोटा) ले राजकुमार शेख मोहम्मदको नाम सार्वजनिक गरेको थियो ।

सगरमाथा आरोहणमा जानुअघि राजकुमारको टोलीले काठमाडौंस्थित होटेल द्वारिकामा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग अन्तरक्रिया समेत गरेको थियो ।

राजकुमार शेख मोहम्मदले नेपालका सामुदायिक विद्यालयहरुलाई ब्यक्तिगत रुपमा सहयोग गर्ने पनि बुझिएको छ । एडमण्ड हिलारी र तेञ्जिङ नोर्गेले पहिलोपटक सगरमाथा आरोहण गरेको ६० वर्ष पुगेको अवसरमा राजकुमार शेख मोहम्मदको टोलीले पनि सगरमाथा आरोहण गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>