समाचारबिहीबार, जेठ ९, २०७०
बस दुर्घटनामा मृत्यु हुनेहरुको सनाखत
दार्चुला जिल्ला प्रहरी कार्यालयका अनुसार बस दुर्घटनामा परी मृत्यु हुनेमा बस मालिक महेन्द्रनगरका कृष्ण भट्ट, बस चालक करन सिह साउद, दार्चुला खरकडा गाविस–९ का नेपाली कांग्रेस गाउँ समिति अध्यक्ष नरसिंह धामी, शर्माली गाविस–३ का गोपालसिंह खत्री रहेका छन । त्यस्तै भारतको बलुवाकोटका मोतीराम भट्ट, महादेव भट्ट र मथुरा भट्ट रहेको को पनि दुर्घटनामा निधन भएको छ ।
दुर्घटनामा घाइतेको संख्या ४१ पुगेको छ भने तीन जनाको अवस्था गम्भीर छ । महेन्द्रनगरबाट दार्चुलाका लागि गएको पवनदुत यातायातको ना.४ ख. ८२८५ नम्बरको बस ९ जेठ विहान ठूलीसैनीमा दुर्घटना भएको हो ।
घाईतेहरुमध्ये १० जना भारतीय नागरिकलाई थप उपचारको लागि भारत लगिएको छ भने गम्भीर घाइते तीन जना नेपालीलाई धनगढी पठाइएको प्रहरीले जनाएको छ ।
समान्य घाइतेहरुको गोकुलेश्वर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
————————————————————————————————————————–
दार्चुला बस दुर्घटनामा ७ जनाको मृत्यु
दार्चुलाको गोकुलेश्वर गाविस–६ ठुलीशैनमा ९ जेठ बिहान बस दुर्घटना हुदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ४१ जना घाईते भएका छन भने तीन जनाको अवस्था गम्भीर रहेको छ ।
पवनदुत यातायातको ना.४ ख. ८२८५ नम्बरको बस दुर्घटना भएको हो । दार्चुला जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ । गोकुलेश्वर इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले सात वटा शव भेटाएको छ । मृतकहरुको सखनात हुन सकेको छैन ।
दुर्घटनामा परी ४१ जना घाइते भएका छन् । घाइतेहरु मध्ये तीन जनाको अवस्था गम्भीर रहेको दार्चुला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको स्थानीय स्थास्थ्य संस्थामा उपचार भइरहेको छ । गोकुलेश्वर इलाका प्रहरी कार्यालयको टोली र स्थानीय बासिन्दा उद्दारमा जुटेका छन् ।
महेन्द्रनरबाट दार्चुलाका लागि गएको बस सडकबाट ५० मिटर जति तल खसेको दार्चुलाका प्रहरी प्रमुख कुबेर खडायतले बताए । रातोमाटो र चिप्लोबाटो भएकाले क्षमता भन्दा बढी यात्रु भएका कारण नियन्त्रण गुमाउदा बस चिल्पिएर खसेको प्रहरीको अनुमान छ ।
-बच्चु विक, धनगढी
