समाचारबिहीबार, जेठ ९, २०७०

योजना आयोगको उपाध्यक्षमा पूर्व सचिव शाक्य

हिमालखबर

९ जेठमा बसेको मन्त्रिपरिषद बैठकले योजना आयोगमा पूर्व सचिव रविन्द्रकुमार शाक्यलाई नियुक्ति गर्ने निर्णय गर्नुका साथै पूर्व सभासद सदरुल हकको हत्याबारे छानविन गर्न न्यायायिक आयोग गठन गरेको छ ।

शाक्य लोक सेवा आयोग र योजना आयोगमा सचिव भएर अवकाश प्राप्त गरिसकेका व्यक्ति हुन् ।

बैठकले पूर्व सभासद सदरुल हकको हत्याबारे छानविन गर्न पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ भने पीडित परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने पनि निर्णय भएको सरकारका प्रवक्ता सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।

त्यस्तै जिल्ला, पुनरावेदन र श्रम अदालतमा गरी ४ सय ८ नयाँ दरबन्दी थप्ने बैठकले निर्णय गरेको छ ।

सुकुम्बासी आयोग विगठन

मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले बाबुराम भट्टराई सरकारको पालामा गठीत सुकुम्बासी समस्या समाधान आयोग खारेज गरी केन्द्रको कागजपत्र भूमीसुधार मन्त्रालय र जिल्लास्तरमा संकलित कागजपत्र मालपोत कार्यालयले जिम्मा लिने निर्णयसमेत गरेको छ ।

एमाले र काग्रेस लगायतका दलहरुले एमाओवादीले गठन गरेको आयोगले लालपुर्जा बाडेर मतदाता प्रभावित गर्न थालेको आरोप लगाउँदै खारेजीको माग गरेका थिए । सुकुम्बासी समाधान आयोग केन्द्रसहित २५ जिल्लामा गठन छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>