समाचारबिहीबार, जेठ ९, २०७०
फागुनभित्रै महाधिवेशन हुनु पर्छः ओली
९ जेठमा झापाको दमकमा पत्रकारहरुसँग कुरा गर्दै एमाले नेता केपी ओलीले निश्चित समयमा आवधिक महाधिबेशन हुनुु पर्छ भन्नुलाई कसैको मागको रुपमा नबुझ्न भन्दै नियमित तालिका अनुसार आगामी फागुनभित्रै महाधिवेशन हुनु पर्ने बताएका छन् ।
एमालेका कतिपय केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेको प्रसंगमा ओलीले भने, “रुखका सुकेका पात झरेका हुन, बेसै भयो ।”
ओलीले निर्वाचन हुन दिन्न भन्नेहरु लोकतन्त्र विरोधी भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी लगायतका केही दलले निर्वाचनको विरोध गरिरहेकोमा आपत्ति जनाउँदै उनले लोकतन्त्र बिरोधी कित्तामा कोही पनि जान नहुने बताए ।
संबिधानसभा निर्वाचनमा सबै सिटमा एमालेले उम्मेदवारी दिने भन्दै ओलीले थपे, “हामी चुनाबी दौडमा जान पूरा तयार छौं, अरुहरु बेकारमा अल्मलिइरहेका छन् ।”
गोपाल गडतौला, झापा
