समाचारबिहीबार, जेठ ९, २०७०
कञ्चनजंघा आरोहणमा गएका पॉचको मृत्यु
कञ्चनजंघा आरोहण गरी फर्कने क्रममा हिम पहिरोमा परी ४ जेठदेखि हराएका दुई नेपाली, दुई हंगेरी र एक कोरियाली नागरिकको शव ९ जेठमा फेला परेको छ ।
स्थानीय छिरिङ शेर्पाले दिएको जानकारी अनुसार ७ हजार एक सय मिटरको उचाईमा ओर्लेपछि आरोहीहरु हावाको बेगसँगै आएको हिउँले पुरेर मृत्यु भएको हो ।
मृत्यु भएका नेपालीहरुमा संखुवासभाका सनम शेर्पा र विवश गुरुङ छन् । मृतकहरु सेभेन समिट टे«क्र र चोयु ट्रेकिङ एजेन्सीबाट आरोहणका लागि गएका थिए ।
शव हिँउमा भएका कारण बाहिर निकाल्न समस्या भएको समेत शेर्पाले बताएका छन् ।
घटना सम्बन्धमा ताप्लेजुङ प्रहरी प्रमुख गोविन्दप्रसाद आर्चायले घटनास्थल तर्फ प्रहरी परिचालन गरिए पनि घटनाको विस्तृत जानकारी आई नसकेको बताए ।
घटना स्थल सदरमुकामदेखि ४ दिनको पैदल दुरीमा छ ।
राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ
