समाचारबिहीबार, जेठ ९, २०७०

क्षेत्री समाजको पनि छुट्टै दल

हिमालखबर

क्षेत्री समाजका महासचिव कुमार खड्काको नेतृत्वको टोलीले निर्वाचन आयोगले जारी गरेको नियमावली अनुसार ‘अखण्ड नेपाल’ पार्टी दर्ता गरेको समाजका कास्की अध्यक्ष पदम बहादुर कार्कीले बताएका छन् । महासचिव खड्काकै अध्यक्षतामा दल दर्ता गराइएको हो । दल दर्ता गराउनमा १८ हजारको हस्ताक्षर समेत बुझाएको अध्यक्ष खड्काले बताए ।

नवगठित दलको महासचिवमा नन्द बहादुर सिंह, कोषाध्यक्षमा केश बहादुर के.सी. छन् । ६ जना उपाध्यक्षमा उदय बहादुर बस्नेत, मान बहादुर के.सी, कृष्ण बहादुर थापा, रोगन गुरुङ, दयाराम पाण्डे र पुष्पा केसी भण्डारी छन् ।

राष्ट्रिय अखण्डताको मुद्दासहित आगामी निर्वाचनमा पार्टीले सहभागिता जनाउने अध्यक्ष खड्काले बताए । दल दर्तासँगै ७५ वटै जिल्लामा पार्टी गठन तथा चुनावी अभियानलाई तिव्र पारिने अध्यक्ष खड्काले बताए ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>