समाचारशुक्रबार, जेठ १०, २०७०
ट्याङ्कर दुर्घटना हुँदा तीनको जलेर मृत्यु
पेट्रोलियम पदार्थ बोकेर काठमाडौं जाँदै गरेको ट्याङकर ९ जेठ राति चितवनको दारेचोक ३ घोप्टे भीरबाट त्रिशुली नदी किनारमा खस्दा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुने मध्ये ना ४ ख ३२६४ नम्बरको ट्याङकरका चालक पदमपोखरी ८ मकवानपुरका ३८ वर्षीय गोपालसिहं लामा (वाईवा) को सनाखत भएको छ ।
अन्य दुईजनाको शव जलेर नष्ट भएकाले पहिचान गर्न नसकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी जवान किरण घलेले जानकारी दिए ।
दुर्घटनापछि त्रिशुली नदी किनारमा रहेको ट्याङकर जलेर पुर्णरुपमा नष्ट भएको घलेले बताए ।
