थप समाचारशुक्रबार, जेठ १०, २०७०

यार्साको संकलनका लागि स्ववियु निर्वाचन सारियो

हिमालखबर

डोल्पामा रहेको एक मात्र डोल्पो क्याम्पसमा क्याम्पस प्रशासक शेरबहाहादुर बुढासहित सबै विद्यार्थी संगठनका प्रमुख प्रतिनिधिहरुको उपस्थितिमा भएको छलफलले चुनावको मिति सार्ने निर्णय गरेको छ ।

अहिले डोल्पामा यार्सागुम्बा टिप्ने समय भएकोले चुनाव सार्न लागिएको जनाइएको छ । यस समयमा क्याम्पसका विद्यार्थी कर्मचारी सबै यार्सागुम्बा टिप्नमै ब्यस्त हुन्छन् ।

सहमति अनुसार साउनको पहिलो हप्तामा चुनाव गरिनेछ । त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावका लागि देशभरका क्याम्पसहरुमा २३ जेठको मिति तोकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>