रमझमशुक्रबार, जेठ १०, २०७०
भृकुटीमण्डपमा शिक्षा तथा पुस्तक प्रदर्शनी
ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेण्ट सर्भिसेज प्रा.लि. द्वारा काठमाण्डौंको भृकुटीमण्डपमा आयोजित सत्रौं नेपाल शिक्षा तथा पुस्तक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न विधाका पुस्तकहरुक राखिएका छन् ।
प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरु, शैक्षिक परामर्शदाताहरु र सीप विकास तालिम केन्द्रहरुले पनि आ–आफ्ना स्टलहरु राखेका छन् ।
१५ वटा स्टल राखिएको प्रदर्शनी १८ जेठसम्म चल्ने छ भने करिब एक लाख आगन्तुकले प्रदर्शनी अवलोकन गर्ने आयोजकको भनाई छ ।
प्रदर्शनीको साथसाथै सेमिनार, अन्तरक्रिया, पुस्तक विमोचन, साक्षात्कार कार्यक्रम, फोटो प्रदर्शनी, बाल मनोरञ्जन तथा अन्य सूचनामूलक क्रियाकलापहरु पनि संचालन हुनेछन् ।
प्रदर्शनी बिहान ११ बजेदेखि साँझ ५:३० सम्म चल्नेछ ।
