थप समाचारशुक्रबार, जेठ १०, २०७०
चितवनमा अवैध हतियार सहित तीन पक्राउ
नुवाकोटको मनकामना–२ का २४ वर्षीय हितकुमार बिक, गोरखा बोर्लाङ्ग–४ का २४ वर्षीय रविन श्रेष्ठ र गोरखा नगरपालिका १ का २० वर्षे सुमित श्रेष्ठलाई कटुवा पेस्तोलसहित प्रहरीले ९ जेठ साँझ पक्राउ गरेको छ ।
चण्डिभन्ज्याङ्ग– ६ स्थित जंगलमा गोली पड्केको आवाज सुनेर खोजतलास गर्दा पेस्तोल सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पक्राउ परेकाहरुलाई हातहतियार तथा खरखजना ऐन अन्र्तगत थुनामा राखि अनुसन्धान प्रक्रिया अघि बढाईएको छ ।
सविता श्रेष्ठ, चितवन
