समाचारशुक्रबार, जेठ १०, २०७०

पापडको बिरोध प्रदर्शन

हिमालखबर

१० जेठमा भएको बिरोध प्रदर्शनका क्रममा पापडले बाधा अडकाउ फुकाउको खारेजी, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने तथा स्वच्छ र मर्यादित निर्वाचनको वातावरण बनाउन माग गरेको छ ।

रत्नपार्कस्थित शान्तिबाटिकाबाट शुरु भएको बिरोध प्रदर्शन बसन्तपुर पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष महेन्द्रबहादुर गुरुङ, नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनी कुमार झा, अधिकारकर्मी सुवोध प्याकुर्‍याल लगायतले रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नदिएसम्म राजनीतिक निकाश ननिस्कने बताएका थिए ।

१८ असोज २०५८ मा राजा ज्ञानेन्द्रको शाही कू पछि लोकतन्त्र बहालीको माग राख्दै पेशागत संठनहरुको सक्रियतामा गठन गरिएको पापडले २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको अगुवाई गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>