थप समाचारशनिबार, जेठ ११, २०७०
बलात्कारपछि हत्या
दाउरा लिन १० जेठ बिहान घरबाट निस्केकी बाराको हरैया–६ नयाँबस्तीकी ३५ वर्षीया प्रमिला लोहनीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा ११ जेठ बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
महिलाको बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बस्तीबाट करिब पाँच किलोमिटर टाढाको जंगलमा ती महिलाको शव फेला परेको हो । घटनास्थलमा प्रहरी नायब उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा प्रहरीको टोली पुगेर थप अनुसन्धान गरिरहेको छ ।
