समाचारशनिबार, जेठ ११, २०७०

पाकिस्तानमा स्कुल बसमा विष्फोट, १७ बालबालिकाको मृत्यु

हिमालखबर

फाइल तस्बीर: एएफपी

पाकिस्तानको राजधानी इस्लामावाद भन्दा २०० किलोमिटर दक्षिणपूर्वस्थित गुजरात शहरको बाहिरी इलाकामा स्कुल बसको ग्याँस सिलिण्डिर एक्कासी विष्फोट हुँदा कम्तीमा १७ जना बालबालिकाको मृत्यु भएको छ भने ७ भन्दा बढी घाइते भएका छन् ।

प्रहरीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले बस स्कुल नजिकै पुग्न लाग्दा विष्फोट भएको बताएका छन् । बसका चालक भने सकुशल छन् ।

उक्त बसमा पाँचदेखि १५ वर्ष उमेर समूहका २४ बालबालिका थिए । बसमा रहेकी महिला शिक्षकको पनि मृत्यु भएको र चालक घटनापछि भागेको बताइएको छ ।

डिजेल, पेट्रोलभन्दा उत्तम विकल्पका रुपमा पाकिस्तानका लाखौं सवारी साधनहरुमा सीएनजी ग्याँसको प्रयोग हुन्छ । यसअघि पनि सवारी साधनमा ग्याँस सिलिण्डर विष्फोट भएर पाकिस्तानमा थुप्रै दुर्घटनाहरु भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>