समाचारशनिबार, जेठ ११, २०७०
पाँच दिन वितिसक्दा पनि शव उद्दारमा कठिनाइ
कञ्चजङ्घा आरोहण गरी फर्कने क्रममा हिउँमा चिप्लिएर मृत्यु भएका दुई नेपाली सहित पाँच जनाको शव खराव मौसम साथै अफ्ठ्यारो ठाउँ भएका कारण शव निकाल्नमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आचार्यले शव रहेको ठाउँबाट बाहिर निकाल्ने पहल भइरहेको र ११ जेठ साँझसम्म पनि निकाल्न नसकिएको बताए ।
हाल घटनास्थलबाट शव निकाल्नका लागि टे«किङ एजेन्सीमा कार्यरत अनुभवी व्यक्तिबाट पहल भइरहे पनि सफल हुन सकिएको छैन ।
कञ्चजङ्घा आरोहण गरी फर्कने क्रममा सात हजार ५०० मिटरको उचाइमा आइपुगेपछि हिउँको कुलरमा चिप्लिएर गत ४ जेठमा दुई नेपालीसहित पाँच जना बेपत्ता भएका थिए । उनीहरूको शव ९ जेठमा फेला परेको थियो
रासस
