समाचारआइतबार, जेठ १२, २०७०

बन्दले मधेशको जनजीवन प्रभावित, ट्रक जलाइयो

हिमालखबर

सदभावना पार्टीले आह्वान गरेको मधेश वन्दले मधेशको जनजीवन प्रभावित बनेको छ ।

१२ जेठमा वीरगंजवाट सिमेन्ट र प्लाष्टीकको पाईप लिएर जलेश्वर तर्फ जाँदै गरेको ना २ ख ६३३३ नम्बरको ट्रकलाई नवलपुर लालबन्दीको वीचमा पर्ने जंगल नजिक सदभावना पार्टीका कार्यकर्ताहरुले बिहान करिब १० बजे आगजनी गरेका छन् । आन्दोलनकारीले दुई वटा यात्रु बाहक बसमा समेत तोडफोड गरेका छन् ।

आगजनीपछि ट्रक पूर्णरुपमा ध्वस्त भएको छ । प्रहरीले जल्दै गरेको ट्रकवाट केही सामान निकालेपनि आधा भन्दा बढी सामान खरानी भएको छ ।

राजमार्ग बन्द गराउन सडकमा बसेका कार्यकर्तालाई प्रहरीले लाठी चार्ज गरी हटाएको छ भने जिल्ला अध्यक्ष प्रमोद साहलगायत ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको लाठी प्रहारबाट राजेश भण्डारी, लक्ष्मी सिंह, रामकैलाश साह र देवानन्द पासवान घाईते भएका छन् । जिल्ला अध्यक्षसमेतलाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित कार्यकर्ताले जंगलमा ट्रक रोकी आगो लगाएका हुन् ।

ट्रकका चालक गफुर मियाँले जंगलवाट ८/९ जना युवाहरु निस्केर ट्रक रोक्न लगाई पेट्रोल छर्केर आगो लगाएको वताए ।

सप्तरीमा सास्ती

भोक हड्तालमा बसेका अध्यक्ष राजेन्द्र महतोलाई प्रहरीले बलजफ्ती अस्पताल पुर्‍याएको बिरोधमा सद्भावना पार्टीले गरेको मधेश बन्दले सप्तरी, सिरहा, सर्लाही सहित मधेशका जिल्लाहरुमा यातायात ठप्प छ भने उद्योग, कलकारखाना, शैक्षिक संस्था समेत बन्द रहेको छ ।

पूर्व सभासद् सदरुल हकको हत्यापछि चारदिनसम्म बन्द रहेको सप्तरी खुलेको एक दिन नबित्दै सद्भावनाले बन्द गरेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

वीरगञ्जमा आंशिक प्रभाव
सद्भावना पार्टीले गरेको बन्दको वीरगञ्जमा आंशिक प्रभाव परेको छ ।

बन्दका कारण वीरगञ्जमा चल्ने लामो दुरीका सवारी साधनहरु ठप्प भएका छन् भने तर, वीरगञ्जको मुख्य बजार र पसलहरु खुल्ला नै छन ।

वीरगञ्ज बजारक्षेत्रमा टेम्पो, मोटरसाईकल, रिक्सा, टाँगाहरु यथावत रुपमा चलिरहेका छन् ।

वीरगन्ज पथलैया र कलैया वीरगन्ज सडकखण्डमा भने आज अन्य दिनको तुलनामा सवारी संख्या पातलिएको छ ।
बाराको कलैयामा पनि बन्दको आंशिक प्रभाव परेको छ ।

विश्वनाथ ठाकुर (सर्लाही), श्रवणकुमार देव (सप्तरी) र विम्मी शर्मा (वीरगञ्ज)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>