थप समाचारआइतबार, जेठ १२, २०७०

तीन साहित्यकारलाई अलि मियाँ सम्मान

हिमालखबर

तस्वीरः केशव अधिकारी/धादिङ

धादिङमा जन्मिएर नेपाली भाषा साहित्यमा योगदान पुर्याएका तीन साहित्यकार सम्मानित भएका छन् ।

अलि मियाँ लोकवाङमय प्रतिष्ठानले १२ जेठमा धादिङवेसीमा आयोजित कार्यक्रममा तीन अग्रज साहित्यकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा डिल्लीरमण शर्मा अर्ज्याल, हरि खनाल र दामोदर नलाङ्गी छन ।

१९८८ मा धादिङको नलाङमा जन्मिएका अर्ज्यालले भाषा, साहित्य, छन्द र खोजमुलक गरी २५ कृति लेखेका छन् ।

खनालका कथा, उपन्यास गरी चौध र नलाङ्गीका दुई कृति प्रकाशित छन् । खनाल बालकथा र नलाङ्गी छन्द विद्यामा कलम चलाउँछन् ।

प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. रविलाल अधिकारी, लोकगायिक हरिदेवी कोइरालालगायतले सम्मानित साहित्यकारहरूलाई शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>