समाचारसोमबार, जेठ १३, २०७०

कोइराला नहुँदा उच्चस्तरीय समिति बैठक स्थगित

हिमालखबर

निर्वाचनसम्बन्धी अध्यादेशलाई अन्तिम रुप दिने र मिति घोषणाका लागि सरकारलाई सिफारिस गर्नका लागि भन्दै १३ जेठ विहान आह्वान गरिएको बैठकमा सभापति कोइराला अनुपस्थित भएपछि विषय प्रवेश नै नगरी बैठक स्थगित भएको छ ।

बैठकमा एमाओवादी, नेकपा एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरु थिए भने कांग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी भए पनि अन्य दलका नेताले सभापति कोइराला सहभागी नभइ निर्णयमा पुग्न नसकिने बताएपछि बैठक स्थगित गरिएको एमाओवादीका महासचिव पोष्टबहादुर वोगटीले जानकारी दिए ।

कांग्रेस सभापति कोइराला पार्टी कामका क्रममा तनहुँ गएका छन् ।

१२ जेठमा बसेको सरकार र प्रमुख दलका शीर्ष नेताहरुबीचको बैठकले तीन दिनभित्र सहमति गरी निर्वाचनको मिति घोषणा गर्ने सहमति गरेको थियो ।

नेताहरुले अब १५ जेठमा पुनः बोलाइएको बैठकमा सबै विषयमा सहमति कायम गरी निर्वाचनको मिति घोषणा गर्ने दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>