समाचारसोमबार, जेठ १३, २०७०

१७ अमेरिकी पर्यटक लुटने पॉच पक्राउ

हिमालखबर

शैक्षिक कार्यक्रम अन्तर्गत अमेरिकाको क्यालिफोनिया स्टेट विश्वविद्यालयबाट आएका १७ जना पर्यटकहरुलाई लुट्ने लुटेरालाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सदरमुकाम नजिकैको हाङदेवाबाट ११ जेठ राति पक्राउ गरी १३ जेठमा सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी गोबिन्दप्रसाद आचार्यका अनुसार प्रहरीले पक्राउ गरेकामा हाङदेवा ३ बस्ने १४ बर्षीय रोशन मादेन, सोही ठाउँका १६ बर्षीय बीरहाङ मादेन, १६ बर्षका कुमार श्रेष्ठ, १३ बर्षीय सुरेश मादेन र १४ बर्षीय प्रकाश लाम्गादे छन् ।

पक्राउ परेकाहरुबाट ५ हजार नेपाली रुपैंयाँ, ३ सय अमेरिकी डलर, ३ वटा क्यामरा र दुईवटा मोवाईल सेट गरी १ लाख ९२ हजार ८० रुपैयाँ बरावरको नगद तथा जिन्सी सामान बरामद भएको प्रहरी प्रमुख गोविन्द आर्चालले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई चोरी अभियोगमा मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक आर्चायले बताए । लुटिएका पर्यटकहरु ताप्लेजुङ सदरमुकाम फुङलिङमा छन उनीहरुका सामान आजै हस्तान्तरण गर्ने समेत आर्चायले बताएका छन् ।

राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>