समाचारसोमबार, जेठ १३, २०७०
दाईजोको निहुँमा युवतीको हत्या
दाइजो नल्याएको भन्दै बैरियाविर्ता– ६ का २१ बर्षीया रविता देवीको ११ जेठ राति हत्या भएको प्रहरीले जनाएको छ ।
स्थानीय जयराम मुखिया बिनसँग ४ महिनाअघि वैवाहिक बन्धनमा बाँधिएकी रवितालाई परिवारका सदस्यले नै झुण्ड्याएर मारेको हुन सक्ने प्रहरीको भनाई छ ।
अहिले जयराम मुखियासँगै परिवारका अन्य सदस्य पनि फरार छन् । रविता देवीको चार महिना अगाडि मात्र जयराम सँग विवाह भएको थियो ।
दाईजोकालागि परिवारका सदस्यले पटक पटक यातना दिने गरेकोले आफ्नो छोरीको परिवारका सदस्यबाटै हत्या भएको रविताका बुबा बुनिलाल मुखीया बिनले आरोप लगाएका छन् ।
आरोपीहरुको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जनाएको छ ।
बिम्मी शर्मा, वीरगञ्ज
