थप समाचारसोमबार, जेठ १३, २०७०

माओवादी चरपन्थविरुद्ध दृढतापूर्वक लडनु पर्छ: मनमोहन सिंह

हिमालखबर

माओवादी आक्रमणपछि घटनास्थलमा अनुसन्धान गर्दै भारतीय सुरक्षा बल । तस्बीर: एपी

प्रहरीले छत्तिसगढमा आक्रमणका लागि माओवादी छापामारहरु उडिसाबाट आएको दाबी गरेको छ । माओवादी आक्रमण भएको जीरम उपत्यकामा सुरक्षाको कडा प्रवन्ध गरिएको र सघन अभियान चलाइएको प्रहरीले बताएको थियो ।

११ जेठमा चुनावी र्यालीमा गइरहेका कांग्रेस नेताहरुलाई बत्सर जिल्लाको जिरम उपत्यकामा माओवादीहरुले एम्बुसमा पारेर र गोली हानेर हत्या गरेका हुन् ।

आक्रमणबाट कांग्रेस वरिष्ठ नेता महेन्द्र कर्मा, प्रदेश अध्यक्ष नन्दकुमार पटेल र उनका छोरा, विधायक उदय मुदलियार र गोपी माधवानीलगायत २८ जनाको मृत्यु भएको छ भने कम्ती पनि ३० जना घाइते भएका छन् ।

आक्रमणबाट गम्भीर घाइते पूर्व केन्द्रीय मन्त्री विद्या चरण शुक्ललाई उपचारका लागि दिल्ली पुर्याइएको छ भने उनको स्वास्थ्यअवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

माओवादी आक्रमणमा छत्तिसगढ कांग्रेसका २८ नेता मारिएपछि माओवादी विरुद्ध भएको प्रदर्शन ।

कांग्रेसको ‘परिवर्तन यात्रा’ माथि माओवादी हमला भएको थियो । यात्रामा बरिष्ठ नेता सहित १२० कांग्रेस नेताहरु थिए ।
घटनापछि भारतीय प्रधानमन्त्री मनमोहन सिंह र कांग्रेस अध्यक्ष सोनिया गान्धी छत्तिसगढ पुगेर घाइते र मृतकका आफन्तजनलाई भेटेका छन् ।

घटनापछि छत्तिसगढ राज्यमा तीन दिन राजकीय शोकको घोषणा गरिएको छ ।

आदिवासी, मजदुर, किसानका पक्षमा निरन्तर संघर्षरत नेता महेन्द्र कर्मा माओवादी विरोधी ‘सलवा जुडुम अभियान’ का शुरुवातकर्ता मानिन्थे ।

घटनाको निन्दा गर्दै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले माओवादी चरमपंथका विरुद्ध अझ दृढताका साथ लड्नु पर्ने बताएका छन् ।

भाजपा नेता एवम् गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले माओवादीविरुद्ध शुन्य सहिष्णुताको नीति लागू गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>