समाचारसोमबार, जेठ १३, २०७०

निर्वाचनका लागि सञ्चारकर्मीले दबाब दिनुपर्छः उपराष्ट्रपति

हिमालखबर

१३ जेठमा विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उपराष्ट्रपति परमानन्द झाले वर्तमान सरकारले तीनभित्र राजनीतिक दलहरूसँग सहमति कायम गरी आगामी मंसीरमा निर्वाचन गराउने भनेको भए पनि सञ्चारकर्मीहरुले निर्वाचनका लागि ब्यापक दबाब सिर्जनु गर्नु जरुरी रहेको बताएका छन् ।

उपराष्ट्रपति झाले निर्वाचन कहिले हुन्छ भन्दा पनि निर्वाचन मंसीरमा सम्पन्न गर्ने वातावरण बनाउन सम्पूर्ण दलहरूसँग आग्रह गर्दै आन्दोलनरत दलहरूले सरकार र दलहरूसँग वार्ता गर्दा कुनै शर्त राख्न नहुने सुझाव दिए ।

उनले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्दैमा समस्या समाधान नहुने पनि बताएका थिए ।

उपराष्ट्रपति झा ताप्लेजुङको पाथीभरा देवीको मन्दिर परिसरमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौं फर्कने क्रममा विराटनगर आइपुगेका हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>