समाचारमंगलबार, जेठ १४, २०७०
दुई दुर्घटनामा ३ को मृत्यू, चार घाईते
सदरमुकाम तम्घासबाट बिरवास तर्फ जादै गरेको लु १ च २२१२ नम्बरको भ्यान बिरबास ८ मा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यू भएको हो । तम्घासमा भूपू भारतीय सैनिक र तिनका परीवारको लागी वितरण भैरहेको पेन्सन बुझेर फर्कने क्रममा भएको दुर्घटनामा पल्लीकोट २ कि ८५ वर्षिया ईन्द्रकला सोमरे र सोही स्थानकी ७५ वर्षिया टोपली सोमरे मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख डोर बहादुर थापाले बताए ।
दुर्घटनामा चालक विरबासका बेद प्रकाश खनाल, सहचालक प्रकाश न्यौपाने, पल्लीकोट २ कि मिना सोमरे र सोही स्थानकी ईन्द्रकला थापा रहेको प्रहरीले जनाएको छ । घाईते सबैको अबस्था गम्भिर रहेकोले उपचारका लागी यूनाईटेड मिसन अस्पत्ताल पाल्पा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । भ्यान तिब्र गतीका कारण सडकबाट अन्दाजी ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
यसैविच गुल्मीकै ग्वादीस्थित साँघुरेमा जीपले किचेर सोमबार दिउँसो एक महिलाको ज्यान गएको छ । वाग्लुङ्गको हटियाबाट साँघुरेसम्म आएको लु १ ज १३८५ जिपले किचेर वाग्लुङ्ग हरीचौर ९ कि अन्दाजी ४० वर्षिया भीमा बस्नेतको मृत्यू भएको ईलाका प्रहरी कार्यालय रीडिले जनाएको छ । साँघुरेमा सडक भत्किएका कारण गुल्मीका विभीन्न ठाउँ वाग्लुङ्गबाट आउने सवारी साधन त्यही यात्रु ओरालेर फर्कने गर्दछन् । यात्रु ओराल्ने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गगनशिला खड्का, गुल्मी
