समाचारमंगलबार, जेठ १४, २०७०

उपराष्ट्रपति झा चीन जाने

हिमालखबर

सिंहदरबारमा १४ जेठमा बसेको मन्त्रिपरिषद बैठकले उपराष्ट्रपतिको साताव्यापी भ्रमण अनुमोदन गरेको सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।  बैठकपछि सरकारका प्रवक्ता समेत रहेका मन्त्री पौडेलले दिएको जानकारी अनुसार उपराष्ट्रपति झा २१  देखि २६
जेठसम्म चीनमा रहने छन् ।

यस्तै बैठकले २५ असारदेखि चीनमा हुने एसियाली मुलुकका लागि जनसङ्ख्या तथा विकासको रणनीतिसम्बन्धी बैठकमा क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई पठाउने निर्णय गरेको छ ।  आगामी ६ र ७ असारमा जेनेभामा हुने सार्वजनिक लेखा परीक्षणसम्बन्धी क्षेत्रीय बैठकमा महालेखापरीक्षक भानुप्रसाद आचार्यले भाग लिने भएका छन् । आचार्यले  २७ जेठदेखि गर्न लागेको बेलायतको लेखा प्रणालीको अध्ययन भम्रण कार्यक्रमलाई पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको छ ।

यसैगरी, एसियाली मन्त्रिस्तरीय भ्रष्टाचार विरोधी सम्मेलनमा भाग लिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशवप्रसाद बडाल जाने भएका छन् ।     सूचना समाजसम्बन्धी एक अर्काे मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन जेनेभास्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि तथा नेपाली राजदूतलाई जिम्मेवारी दिइएको छ ।

मन्त्री पौडेलका अनुसार नेपाल–भारत संयुक्त सेना सगरमाथा आरोहण तथा सरसफाइ अभियान दलका तर्फबाट आयोजना हुने सम्मान कार्यक्रमका लागि भारतीय स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणका लागि आमन्त्रण गर्ने पनि निर्णय भएको छ । यस्तै उद्योग मन्त्रालयको प्रस्तावअनुसार ‘प्राइभेट फर्म रजिष्ट्रेसन नवौँ संशोधन नियमावाली २०७०’ को मस्यौदालाई विधेयक समितिमा पठाउने निर्णय गरिएको छ ।
सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका औषधि व्यवस्था विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र, केही स्वास्थ्य तालिम केन्द्र र स्वास्थ्य चौकीका सङ्गठन तालिका हेरफेर तथा दरबन्दी स्वीकृत गरिएको पनि प्रवक्ता पौडेलले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>