समाचारमंगलबार, जेठ १४, २०७०
राजनीतिक संयन्त्रमा बस्दैनौं: उपेन्द्र यादव
वीरगञ्जमा १४ जेठमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष यादवले औचित्य समाप्त भएकाले संयन्त्रमा आफनो पार्टी नबस्ने जानकारी दिए । उनले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी समेत संयन्त्रमा नबस्ने दाबी गरे । यसअघि नेपाली कांग्रेस र नेकपा एमालेले राजनीतिक सहमतिका लागि वैद्य र यादवलाई समेत संयन्त्रमा राख्न सकिने निर्णय गरेको थियो ।
कार्यक्रममा यादवले निर्वाचनको आधार तयार भईनसकेको उल्लेख गरे । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्याधीश पदबाट राजीनामा दिए चुनावी वातावरण बन्न सहयोग पुग्ने यादवको भनाइ छ । प्रमुख चार दलको सिण्डिकेटका कारण मुलुक जटिलता र अन्यौलतामा फसेको उनको दाबी थियो ।
अली असगर, वीरगञ्ज
