समाचारमंगलबार, जेठ १४, २०७०

लोकतन्त्र जोगाउन माग गर्दै नागरिकसभा सम्पन्न

हिमालखबर

लोकतन्त्र तथा शान्तिका लागि पेशागत संजाल(पापड) र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानद्वारा १५ जेठमा आयोजित सभामा बोल्दै नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्कीले राजालाई निरंकुशता लाद्न सघाएका लोकमानसिं कार्कीलाई अख्तियार प्रमुखबाट बर्खास्त गर्नुपर्ने धारणा राखे । आफूहरुले गरेका जुनसुकै काम कानुन र संविधान हो भन्ने भ्रमबाट मुक्त हुन चार दलका शीर्ष नेताहरूलाई कार्कीको सुझाव थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले सरकारले तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । उनले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्नेमा जोड दिए ।

नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष शम्भु थापाले  रेग्मीले प्रधानन्यायाधीश चुनावी मन्त्रिपरिषद्का अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने बताए । अध्यक्ष रेग्मीलाई कानुन र कानुन व्यावसायीको अमृत भन्दा पनि चार दलका नेताहरूको विष मिठो भएको थापाको थियो ।

जनताले लडेर ल्याएको लोकतन्त्र नेताहरुले समाप्त पारेको नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले बताए ।

जीउँदो सहिद मुकेश कायस्थकी आमा मिरा कायस्थले लोकतान्त्रिक मुल्य मान्यता समाप्ता पारेर अहिलेको अवस्था आउँदा सहिद परिवारलाई सबैभन्दा बढी चोट पुगेको बताइन् ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष शर्मिला कार्कीले लोकतन्त्रको लडाईबाट कुनै हालतमा पछि हट्न नहुने धारणा राखिन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष अन्जनी कुमार झाले गणतन्त्र दिवस मनाउँदा चारैतिर प्रहरी तैनाथ हुनुले पनि मुलुकको लोकतन्त्रको अवस्था दर्शाएको धारणा राखे ।

नेपाल बार एसोसियसनका महासचिव सुनील पोखरेलले सरकार लोकतन्त्र र गणतन्त्रको विरोधमा लागेकाले आफूहरुले छुट्टै आमसभा गर्नुपरेको बताए ।

कार्यक्रममा बोल्दै अपाङ राष्ट्रिय महासंघका सुदर्शन सुवेदीले अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजिना गर्न आग्रह गरेर । एउटै व्यक्ति दुबै पदमा बस्नु शक्ति पृथकीकरणको सिद्धान्त विपरीत हुने उनको भनाई थियो ।


कार्यक्रममा मनोज गजुरेल, रुविन गन्धर्व, बसन्त घर्ति मगरलगायतका कालकारहरुले सांस्कृतिक प्रहसन तथा गीत प्रस्तुत गरेका थिए ।

को को छन् नागरिक स्तरीय गणतन्त्र दिवसका वक्ताहरू ?

राजधानीको नयाँबानेश्वरमा १५ जेठ बिहान साढे आठ बजे लोकतन्त्र तथा शान्तिका लागि पेशागत संजाल(पापड) र राष्ट्रियता र लोकतन्त्रका लागि नागरिक अभियानद्वारा आयोजित आमसभालाई विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूले सम्बोधन गर्ने भएका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर नयाँबानेश्वर चोकमा आयोजना गरिने आमसभालाई नेपाल बार एसोसियसनका अध्यक्ष हरिकृष्ण कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, अधिवक्ता शम्भु थापा, कलाकार मनोज गजुरेलले सम्बोधन गर्ने भएका छन् । यस्तै लोक गायक बद्री पंगेनी, महेन्द्र गुरुङ, शर्मिला कार्की, डा. अन्जनी झा, मिरा कायस्थ, रुविन गन्धर्भलगायतले पनि आमसभालाई सम्बोधन गर्न लागेको आयोजकले हिमालखबरलाई जानकारी दिएको छ ।

अभियानले १ चैतमा असंवैधानिक तरिकाले गरिएको अन्तरिम संविधान संशोधन खारेज, अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशको राजिनामा तथा सत्य निरुपण तथा मेलमिला अध्यादेश खारेजी लगायतका माग राखेर कार्यक्रम गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>