समाचारबुधबार, जेठ १५, २०७०

दश दिन भईसक्दा पनि कञ्चनजंगा आरोहीको शव उठेन

हिमालखबर

कञ्चनजंघाको चौथो बेस क्याम्प (७४०० मिटर) नजिक ६ जेठमा हिमपहिरोमा परेका तीन विदेशी र दुई नेपालीको शव १५ जेठसम्म पनि उठ्न नसकेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक गोविन्दप्रसाद आर्चायले अप्ठ्यारो हिमालमा भएकाले शव निकाल्न समस्या भएको बताए । आर्चायका अनुसार शव निकाल्न नसकिएपछि मृतकका आफन्तहरू जीवन विमाको रकमका लागि मुचुल्का बनाउने तिर लागेका छन् ।

सेभेन समिट ट्रेकिङ प्रालिवाट आरोहणमा गएका हंगेरीका नागरिक पिटर किस, जेड सोल्ट इरोस, कोरियाका नामसो पार्क, संखुवासभा, मकालु–५ का फूदोर्जी शेर्पा र संखुवासभाकै हटियाखोला–७ का विवस गुरुङको मृत्यु भएको थियो ।

राजेन्द्र श्रेष्ठ, ताप्लेजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>