समाचारमंगलबार, जेठ २३, २०६९
भारती र मेधासी सहायकरथीमा बढुवा
सिंहदरबारमा २३ जेठमा बसेको मन्त्रिपरिषदले बैठकले उनीहरुलाई बढुवा गरी पदस्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए ।
मन्त्रिपरिषद बैठकले नेपाली सेनाका आठ सहायकरथीको सरुवा समेत गर्ने निर्णय गरिएको मन्त्री यादवले बताए । यादवका अनुसार प्राविधिक महासेनानी डा. राजेश पन्त तथा सहायकरथीद्वय पदमविलास कार्की र विजय मोक्तानको पदवाधि थप गर्ने निर्णयसमेत गरेको छ ।
यसवैवीच मन्त्रिपरिषद बैठकले गत चैतमा बैतडी जिल्ला श्रीकृष्ण उच्चमावि पाटन केन्द्रमा परीक्षा दिने क्रममा सामूहिक बलात्कारमा परेकी छात्रालाई रु एक लाख उपचार खर्च उपलब्ध गराउने भएको छ।
