समाचारबिहीबार, जेठ १६, २०७०

बन्दका क्रममा माओवादीका ७० कार्यकर्ता पक्राउ

हिमालखबर

रुपन्देहीका विभिन्न स्थानबाट १६ जेठमा जिल्ला सेक्रेटरी बन्धु चन्द, सह–सेक्रेटरी शरद ओलीलगायतलाई प्रहरीले समातेको केन्द्रिय सदस्य बसन्त श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुटवलबाट २२, भैरहवाबाट १७, सालझण्डीबाट २३, देवदहबाट १६ जना पक्राउ परेका हुन ।
मतादाता नामावली संकलन, नागरिकता वितरणलगायतका सरकारी कार्यक्रममा अवरोध गरेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाईको माग राख्दै माओवादीले रुपन्देही बन्द आव्हान गरेको हो ।

बन्दको क्रममा उक्त पार्टीका कार्यकर्ताहरुले देवदह, भलवारी, फायरलाईनलगायतका स्थानमा आधा दर्जन सवारी साधन तोडफोड गरेका छन् ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>